Logo
Logo

जाजरकोट जिप दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो


819
Shares

जाजरकोट । जाजरकोटमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । जिल्लाको छेडागाड नगरपालिका–५ मा सोमबार अपराह्न ४ बजे भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुगेको छेडागाड–४ का वडाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिए ।

वडा नम्बर ४ स्थित खातीजेवामा भएको विवाहको जन्ती बोकेको कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जिप भीरपाटीमा दुर्घटनामा परेको हो । वडाध्यक्ष थापाका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका–२ दैलेखका चालक मानबहादुर रावत, भगवतीमाई–३का सुरेन्द्र केसी, अम्मरबहादुर खड्का, छेडागाड –५ का जयकुमार बुढा, नैनसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मरबहादुर अधिकारी, २ वर्षीया बालिका निशा अधिकारी छन् । दुर्घटनामा घाइते भएका अम्मर र बालिका निशाको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
यस्तै छेडागाड–६ का वीरबहादुर खत्री, रामबहादुर बुढाको पनि घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्