Logo
Logo

चितवनमा बिहे भोज खाएका तीन सय जना बिरामी


819
Shares

काठमाडौं । चितवनमा बिहे भोज खाएका ३ सय जना बिरामी भएका छन् । चितवन गार्डेन रिसोर्टमा गत २३ गते बिहे भोज खाएर विरामी परेका कतिपय भरतपुरको नेशनल सिटी अस्पताल भर्ना नै भएका छन् ।

उनीहरुलाई पखाला लाग्ने, बान्ता हुने, ज्वरो आउने जस्ता समस्या देखिएको अस्पतालका फिजिसियन डा. गौरीराम महतोले जानकारी दिए । उनका अनुसार अहिलेसम्म अस्पतालमा ७० जनाभन्दा बढी बिरामीको उपचार भैसकेको छ । अहिले ३५ जना बिरामी अस्पतालमा भर्ना भएको डा. महतोले जानकारी दिए ।

बिरामी परेकाहरु नवलपुरको गैंडाकोट–१ का गणेश ढकाल र भरतपुर–१० की करिश्मा अधिकारीको मंसिर २३ गतेको विवाह समारोहमा सहभागी भएका थिए । बिहे भोज खाएका दुलाहा पक्षका २५० जना जन्ती र केही दुलही पक्षका बिरामी परेका छन् ।

प्रतिक्रिया दिनुहोस्