Logo
Logo

अध्यादेशविरुद्ध अनेरास्ववियुको प्रदर्शन


378
Shares

काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुले सरकारले ल्याएको अध्यादेशविरुद्ध प्रदर्शन गरेको छ । हत्या आरोपमा जेल जिवन बिताइरहेका रेशम चौधरीलगायतलाई उन्मुक्ति दिन अध्यादेश ल्याएको भन्दै अनेरास्ववियुका विद्यार्थीले मंगलबार विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले आइतबार फौजदारी मुद्दाको सजाय भोगिरहेका रेशम चौधरी, मोहमद आलम लगायतलाई उन्मुक्ति दिने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीले आज बिहान त्रिचन्द्र कलेज अगाडि प्लेकार्डसहित नाराबाजी गरेका हुन् ।

उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा मागेका छन् । सरकारले रेशम चौधरी लगायतका फौजदारी अभियोगको सजाय पाएका अभियुक्तहरुलाई रिहा गर्न अध्यादेश राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष पेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्