Logo
Logo

हरुवा मन्त्रीको मन्त्रालयमा चलखेल


2.9k
Shares

काठमाडौंं । मन्त्री नियुक्ति भएको १५ महिनामा ३ वटा सचिव फेरबदल गरेका खानेपानी मन्त्री उमाकान्त चौधरीको कार्यकालमा खानेपानी विभागका महानिर्देशक पनि तीनवटै फेरिए । चौधरी मन्त्री बहाल हुँदा प्रमिला बज्राचार्यले सचिवको हैसियतले उनको स्वागत गरिन् । उनी बिदा हुने समयमा मणिराम गेलालले उनलाई सचिवको रुपमा बिदाई गर्दैछन् ।

आफैले रोजेर र खोजेर ल्याएका सचिव सुरेश आचार्यलाई तीन महिनामै अपमानजनक रुपमा सरुवा गरेका मन्त्री चौधरीले वर्तमान सचिव गेलाललाई पनि सम्मानपूर्वक राख्न सकेका त छैनन् । तर कम बोल्ने, अडान नभएका, उच्च सहनशक्ति भएका र आर्थिक स्वार्थ गाँसिएका कारण जति गालीगलौज गरे पनि गेलाल हाँस्दै मन्त्रालयमा काम गरिरहेका छ्न् ।

मन्त्रालय स्रोत भन्छ–मन्त्री र सचिवको स्ूवभाव कुनै पनि मिल्दैन । गालीगलौजका खानी चौधरी र भद्र स्वभावका गेलालसँगै मिलेर यति लामो सहकार्य गर्नुमा एउटै स्वार्थ गाँसिएको छ, आर्थिक मामिला । मातहतका कर्मचारीलाई निर्देशन दिने सवालमा खरोरुपमा उत्रने सचिव गेलाल मन्त्रीको सामु परेपछि गरुडका अगाडि सर्प जस्तै नतमस्तक भई जस्तासुकै कानुन बिपरीत काम भए पनि गर्छु भन्न छाड्दैनन् ।

प्रधानमन्त्री कार्यालको अतिरिक्त समूहमा धकेलिने डरले नै होला, गेलालको कार्यशैली देखेर कर्मचारी नै तीनछक्क छन् । निर्वाचनसम्म मन्त्री चौधरीले चुनावी खर्चका नाममा इन्जीनीयरदेखि माथिल्लो तहसम्मका कर्मचारीलाई तलबबाट समेत सहयोग माग्न पछि नपरेको मन्त्रालय स्रोत बताउँछ ।

निर्वाचन आफूले जित्ने र काठमाडौं फर्किएपछि सहयोग नगर्नेलाई ठेगान लाउने मन्त्री चौधरीको उर्दीलाई ५० प्रतिशतभन्दा बढी कर्मचारीले पालना गर्न बाध्य भएका थिए । उनलाई सो कार्यमा सहयोग गर्नेमा निजी सचिव शशीकुमार लम्साल, सहसचिव शोभाकान्त पौडेलको ठूूलो साथ सहयोग रहेको थियो ।

मन्त्रालय स्रोत भन्छ, चौधरी मन्त्री हुनुअगाडि नै काठमाडौंं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को अध्यक्षको रुपमा कार्यरत सहसचिव तिरेसकुमार खत्रीलाई हटाएर पौडेललाई लैजान भगिरथ प्रयत्न गरेकै हो । तर, प्रक्रिया नपु्र्याई पठाइने अध्यक्षलाई मन्त्रालयमै फिर्ता पठाउने केयुकेएलका कर्मचारीको चेतावनीपछि मन्त्री पछि हटेका थिए ।
तत्कालीन खानेपानी विभागका महानिर्देशक तेजराज भट्टको अवकाशपछि केयुकेएलको अध्यक्षका रुपमा खत्री गएका हुन् । पछिल्लो समय खानेपानी विभागको महानिर्देशक समेत रहेका खत्रीलाई मन्त्री चौधरीले पद सम्हालेपछि तीन महिना पनि टिक्न दिएनन् । र, ठूलो रकम लिएर अवकाशको मुखमा पुगेका सूर्यराज कँडेललाई महानिर्देशकका रुपमा पठाएका चौधरीले उनलाई समेत अपमानित रुपमा हटाए । उनलाई अवकाश हुनु दुई साता बाँकी छँदा मन्त्रालय तानेर बेइज्जती गरिएको थियो ।

त्यसपछि विभागमा चौधरीले महानिर्देशकका रुपमा तेस्रो पटक अख्तियारमा कार्यरत रहेका सहसचिव रमाकान्त दवाडीलाई पठाए । पैसाको चलखेलमा दवाडी खानेपानीको महानिर्देशक बनेको चर्चा चलाउनेहरु मन्त्रालयभित्रै छन् । कांग्रेस नेता कृष्णप्रसाद सिटौला, काठमाडौंबाटै चुनाव जितेका प्रदीप पौडेल र पहिलो पटक पराजीत भएका भीमसेनदास प्रधानका नाममा समेत मन्त्री चौधरीले महानिर्देशक बनाउने क्रममा रकम असुली गरेको आरोप छ ।

उनले निर्वाचन जितेको भए अहिलेका महानिर्देशक दवाडीलाई पनि बिदा गरी अर्का उम्मेदवार लाने दाउमा थिए । मन्त्रालय स्रोत भन्छ, निर्वाचन जितेर आएपछि मन्त्री चौधरीको कार्यसूचीमा विभागको महानिर्देशक, केयुकेएलको अध्यक्ष, महसुल निर्धारण आयोगका पदाधिकारी र पदमात्रै ठूलो भएका तर रुन्चे स्वभावका पीआइडीका प्रमुख राजेन्द्र सापकोटा, मेलम्ची आयोजनाका प्रमुख कमलराज श्रेष्ठलगायतलाई परिवर्तन गर्ने थियो । तर उनको पराजयसँगै कार्यसूची अलपत्र परेको छ ।

प्रतिक्रिया दिनुहोस्