काठमाडौं । चिसो बढेसँगै धेरै मानिसको शरिरमा विभिन्न किसीमको समस्या देखा पर्न थाल्छ । चिसोमा देखिने छाला सम्बन्धी विभिन्न समस्यामध्ये हात खुट्टाको औँला सुन्निने समस्या एक हो।
अत्याधिक चिसोका कारण धेरैको यो समयमा हात खुट्टाको औँला रातो हुने, चिलाउने, दुख्ने र सुन्निने हुन्छ। चिसोबाट हुने यस्ता खालका समस्या हेर्दा सामान्य देखिएपनि समयमै ख्याल नगरे जटिल रुप लिन सक्छ ।
समयमै गरिएको उपचार र रोकथामका उपायले यो समस्या निको हुन्छ। तर समयमै उपचार नगर्दा पिप जम्ने र घाउ पाकेर अपरेशन समेत गर्नुपर्ने हुनसक्छ ।
यो कस्तो रोग ?
– चिसो मौससममा हात खुट्टाको औँला सुन्निनु छाला सम्बन्धी आम समस्या हो।
– यो समस्या महिलाहरुमा बढी देखिन्छ।
– मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएका, चुरोट तथा सुर्तिजन्य पदार्थको बढी प्रयोग गर्नेमा यो समस्या देखिन्छ।
– चिसोमा रक्तनलीहरु साँघुरिने भएकाले औँलाहरु रातोपना आउने, पोल्न थाल्ने, चिलाउने हुन्छ।
यसरी गर्नुहोस उपचार ?
– वर्षेनी यो समस्याले सताउने गरेको छ भने चिसो सुरु हुने बित्तिकै रोकथामका उपाय अपनाउनुपर्छ।
– धेरै चिसो पानी नचलाउने, औँलाहरुलाई न्यानो बनाएर राख्नुपर्छ।
– सही उपचार गरिएन भने यो दुई महिनामा बढ्दै जान्छ।
– औँला सुन्निने समस्या भएकाले हिटर तथा आगोमा सेकाउने गर्नु हुँदैन।
– मनतातो पानीमा नुन हालेर सेकेमा दुखाई र सुन्नाई कम गर्छ।
– प्रशस्त मात्रा झोलिलो पदार्थ खानुपर्छ।
– चिसोमा हात खुट्टाका औँलाहरु चलाइरहने र मसाज गरिरहनुपर्छ।
– बाथ रोग भएकाहरुलाई पनि यो समस्याले वर्षेनी सताउन सक्छ।
– लगातारको हिटरको प्रयोगले पनि छालालाई सुख्खा हुने, आँखा पोल्ने, ओठ फुट्ने समस्या हुन्छ।
– हिटरको प्रयोग गर्दा कोठामा हावाको राम्रो आवतजावत हुनुपर्दछ।
– एउटै बाक्लो कपडा लगाउनु भन्दा धेरै लेयर भएका कपडा लगाउँदा शरीरलाई बढी न्यानो हुन्छ।
– छालालाई सुख्खा हुन नदिन मोस्चराइजर, नरिवल, ओलिभ ओयल लगाउन सकिन्छ।
– औँला सुन्निने समस्या निको नभए चिकित्सकको परामर्शमा जानुपर्छ।