Logo
Logo

कृष्णनगर प्रहरीको अप्रेसनः १६ केजी अफिमसहित तीन महिला पक्राउ


1.6k
Shares


कपिलवस्तु । इलाका प्रहरी कार्यालय, कृष्णनगर कपिलवस्तुले अफिम कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका–२ यात्रुगेटबाट भारत तस्करी गर्न लागेको करिब १६ केजी अफिमसहित तीन महिलालाई सोमबार पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरूमा रुकुम काक्री गाउँपालिका–९ घर भएका हाल दाङ तुल्सीपुर उपमहानगरपालिका–१७ मानपुर बस्ने ४३ वर्षीया आशा कुमारी बुढा, रोल्पा घर भई दाङ बस्ने नर्मला विक र भावना पुन मगर छन् ।
इप्रका कृष्णनगरबाट इन्सपेक्टर शैलेन्द्र पाण्डेको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । शरिरमा लुकाएर उनीहरूले अफिम तस्करी गर्न लागेका थिए । तस्करी गिरोहका नाइकेमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्