Logo
Logo

लैनचौरमा रहेको नेपाल स्काउटको जग्गा ३५ दिनभित्र खाली गर्न निर्देशन


7.2k
Shares

काठमाडौं । नेपाल स्काउटले लैनचौरस्थित आफ्नो जग्गा र पार्किङस्थल खाली गर्न निर्देशन दिएको छ । लैनचौरमा रहेको स्काउटको ३ रोपनी जग्गा खड्का डेभलपमेन्ट प्रालिले भोगचलन गर्दै आएको छ ।

खड्का डेभलपमेन्टले उक्त जग्गा सम्झौताविपरीत भोगचलन गर्दै आएको भन्दै ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको नेपाल स्काउटले जनाएको छ ।

बुधबार गोरखापत्रमा जारी सूचनामा भनिएको छ, ‘मुलुकी देवानी संहिता २०७४ को परिच्छेद १२ दफा ६१९ बमोजिम ३५ दिनभित्र स्थान खाली गरी, बाँकी रहेको हरहिसाबसमेत हरफार गरी, नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा जानकारी गराउन खड्का लैण्ड डेभलपमेन्ट प्रालि बूढानिलकण्ठको नाममा यो सूचना जारी गरिएको छ ।’

२०७९ असार १३ को उच्च अदालत पाटनको फैसलाका आधारमा खड्का लैण्ड प्रालिले उक्त जग्गा खाली गर्नुपर्ने समेत नेपाल स्काउटको जनाएको छ । खड्का लैण्ड प्रालिले २०६५ सालमा सम्झौता गरी १० वर्ष जग्गा भोगचलन गरेको थियो । उक्त सम्झौता २०७५ सालमा सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्