Logo
Logo

आँखालाई हेलचक्र्याइँ नगरौं : डा. किशोरराज प्रधान


9.7k
Shares

काठमाडौं । मानव अंगको आँखा नै संसार हो । आँखाबिना संसार अन्धकार हुन्छ । त्यसैले आँखाको बेलाबखत हेरविचार गर्नुपर्छ । आँखाको समस्या जो कोहीमा पनि हुनसक्छ । यसले धनी–गरिब, सानो–ठूलो उमेर भन्दैन । हिजोआज प्रविधिको विकाससँगसँगै आँखा रोगको उपचार पनि सहज हुँदै गएको छ । बेला–बेलामा आँखाको परीक्षण गर्दा आँखा स्वस्थ र तन्दुरुस्त हुन्छ । दुर्गम पहाडी भेगमा पनि आँखाको समस्या धेरै छ । उपचारको अभावमा ती गरिब परिवार पीडित बनेका छन् ।

रोटरी इन्टरनेशनलजस्तो संस्थाले सहरी क्षेत्रमा भन्दा पिछडिएको ग्रामीण क्षेत्रमा आँखा उपचारमा सहयोग पु¥याउनुपर्छ । जसरी विश्वबाट रोटरीले पोलियो उन्मूलन अभियान चलायो, त्यसैगरी नेपालका रोटरी क्लबहरुले आँखा उपचार सेवामा योगदान पु¥याउन सक्यो भने धेरै गरिब जनता लाभान्वित हुनेछन् ।

चौबीस वर्षदेखि आँखाका बिरामीहरुको सेवा गर्दै आएका वरिष्ठ आँखारोग सर्जन डा. किशोरराज प्रधानले गत साता रोटरी क्लब अफ काठमाडौं बेष्टले आयोजना गरेको अन्तक्र्रियामा उक्त कुरा बताउनुभएको हो ।

मेट्रीका आइ सेन्टर सेतो पुलमा कार्यरत डा. प्रधानले आफ्नो जीवनमा ७२ जिल्लाको दुर्गम ठाउँमा पुगेर त्यहाँका जनताको आँखा उपचार गरेको अनुभव सुनाउनुभएको थियो । उहाँले ग्रामीण भेगका करिब ४० हजार बिरामीको मोतियाविन्दुको सफल अप्रेशन गर्नुभएको छ ।

हेटौँडामा कम्युनिटी आँखा अस्पताल खोल्दाको पीडा पोख्दै उहाँले उक्त कम्युनिटी अस्पताललाई सफल पार्न हरेकको घर, बस्तीमा पुगेर आँखाको उपचार गरेको बताउनुभयो ।

उहाँको अनुभवमा नेपालका विभिन्न अस्पतालहरुमा आँखा उपचारसम्बन्धी महँगो प्रविधि भएको भए पनि दक्ष जनशक्तिको अभावमा ती उपकरण गोदाममा थन्किएको बताउनुभयो ।

आँखा उपचारको लागि सरकारले हरेक सरकारी अस्पतालमा नयाँ प्रविधिसहितको दक्ष जनशक्तिमा ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँको अनुभवमा ४० वर्ष उमेर कटेपछि हरेकलाई आँखाको समस्या हुन्छ । त्यसमाथि कम्प्युटरको बढ्दो प्रयोग, मोबाइल आदिको प्रयोगले बालबालिकाहरुमा पनि आँखाको समस्या देखिएकोले समय–समयमा आँखाको परीक्षण गरिरहनुपर्ने उहाँको सुझाव थियो ।

नियमित आँखा परीक्षणपछि मात्र कुन उपचार पद्धतिमा जाने भन्ने छनोट गर्न सकिने हुँदा नियमित आँखा परीक्षण महत्वपूर्ण भएको बताउनुभयो ।

आरसी काठमाडौं वेष्टका अध्यक्ष संजीव तुलाधरको अध्यक्षतामा सम्पन्न उक्त अन्तक्र्रियामा सहभागीहरुले प्रश्न उत्तर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्