Logo
Logo

एउटा दलको अध्यक्ष अर्को दलको सांसद बन्न नसक्ने भन्ने कानुनी व्यवस्था छैन : आयोग


6.4k
Shares

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले एउटा दलको अध्यक्ष अर्को दलबाट सांसद बन्न पाउने वा नपाउने विषयमा कानुनी प्रष्टता नभएको बताएको छ ।

त्यसैले यस्तो विषय सम्बन्धित व्यक्तिको नैतिकतासँग जोडिने थपलियाले बताए । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल समानुपातिक निर्वाचन पद्धतिबाट नेकपा एमालेको सांसद निर्वाचित भएका छन् ।

बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले एउटा दलको व्यक्ति अर्को दलको सांसद हुन पाउने कि नपाउने भनी प्रश्न गरेपछि जवाफमा थपलिया ले भने, ‘एउटा दलको अध्यक्ष अर्को दलको निर्वाचन चिह्न लिएर चुनाव लड्न र समानुपातिक तर्फबाट निर्वाचित हुन पाउँछ कि पाउँदैन भन्ने विषयमा कानुनमा प्रष्ट छैन, यो नैतिकतासँग जोडिएको विषय हो ।’

प्रतिक्रिया दिनुहोस्