Logo
Logo

प्रधानमन्त्रीमा सहयोग गर्न देउवालाई पौडेलको प्रस्ताव


2.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पार्टी सभापति शेरबहादुर देउवाबीच बुधबार भेटघाट भएको छ । देउवालाई भेट्न बालुवाटार पुगेका पौडेलले भावी प्रधानमन्त्रीका लागि आफूलाई सहयोग गर्न देउवासमक्ष आग्रह गरेका थिए ।

कांग्रेसभित्र स्वयं आफैँ प्रधानमन्त्री बन्ने तयारीमा रहेका देउवाले पौडेललाई ‘छलफल गरौँला’ भन्ने जवाफ मात्र दिएका थिए । ‘मैले सभापतिजीलाई प्रधानमन्त्रीमा मलाई सहयोग गर्नुस् भनेर प्रस्ताव राखेँ, उहाँले ‘छलफल गरौँला’ मात्र भन्नुभयो’, उनले भने ।

जापान सरकारले पौडेललाई दिन लागेको सम्मान कोभिड–१९ महामारीका कारण रोकिएको थियो । जापानी दूतावासले बिहीबार उनको सम्मानमा रिसेप्सन भोज आयोजना गरेर त्यो सम्मान वितरण गर्दैछ । पौडेल प्रधानमन्त्री देउवालाई आफ्नो सम्मान कार्यक्रममा देख्न चाहन्छन् । निम्तो कार्ड बोकेर उनी देउवाकहाँ पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्