Logo
Logo

जनजाति महिला महासंघको महाधिवेशन सुरु, नयाँ नेतृत्व निर्वाचित गर्ने


6.4k
Shares

काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ ।

काठमाडौंको राष्ट्रिय नाचघरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महाधिवेशनको उद्घाटन गर्दै आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र सीपको संरक्षण, विकास र प्रवर्द्धनमा राज्यले भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।

आगामी ३ वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने महाधिवेशनमा महासंघका ४८ वटा सदस्य संगठनबाट एक प्रतिनिधि र एक पर्यवेक्षक गरी ९६ जना सहभागी छन् ।

महाधिवेशनमार्फत १ अध्यक्ष, हिमाल, पहाड र तराईलाई प्रतिनिधित्व गर्नेगरी ३ उपाध्यक्ष र १ महासचिव निर्वाचित हुनेछन् ।
त्यसैगरी, अनसन्धन तथा सूचना र सञ्चार, विदेश तथा परियोजना, जनसम्पर्क तथा संगठन विस्तार र भाषा तथा संस्कृति हेर्नेगरी ४ जना सचिव निर्वाचित हुनेछन् । महाधिवेशनले एक कोषाध्यक्षसमेत निर्वाचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्