Logo
Logo

विकासका लागि नागरिकसहितको साझेदारी आवश्यक छ : मुख्यमन्त्री


882
Shares

धनगढी । सुदूरपश्चिमका प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकासका लागि नागरिकसहितको साझेदारी आवश्यक रहेको बताएका छन् । धनगढी उपमहानगरपालिकाले आज आयोजना गरेको मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्मान तथा धन्यावद ज्ञापन कार्यक्रममा उनले विकासका लागि सबैको साझेदारी आवश्यक रहेको बताए ।

नागरिकलाई विकासमा जोड्नुपर्ने बताउँदै उनले नागरिकलाई विकासमा सहभागी गराउन सकिएन भने विभिन्न बाधा अवरोध देखापर्ने बताए । विकासमा परिणाम देखाउन नागरिक सहभागिता आवश्यक रहेकाले नागरिक सहभागिताबिना विकास निर्माणका कामले गति लिन नसकिने अनुभवले देखाएको मुख्यमन्त्री भट्टले उल्लेख गरे ।

उनले धनगढीको मुख्य सडक फराकिलो बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री भट्टले धनगढीको विकासका लागि तीनै तहको सरकारबीच समन्वय र सहकार्यको सुरुआत भएकामा खुसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्