Logo
Logo

एकै पटक साढे आठ हजार प्रहरीको सरुवा


3.9k
Shares


काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले मंगलबार एकै पटक आठ हजार चार सय अठासी जना जवानको सरुवा गरेको छ ।
सरुवा प्रयोजनको लागि केही समय अघि मात्र देशभरका जवानहरुलाई उनीहरुको प्राथमिकता अनुसार तीन वटा युनिटको नामा लेखाएर फारम नै भराइएको थियो ।


सोही अनुसार सम्भव भएसम्म माग गरे बमोजिमको कार्यालयमा र सम्भव नभए नजिकको अर्को युनिटमा सरुवा गरिएको छ ।
यस्तै सीमावर्ती ईलाकाका युनिटहरुमा लामो समय दरबन्दी भएका जवानहरुलाई सीमा ईलाका बाहेक अन्यत्र सरुवा गरिएको छ । सरुवाको लागि मुख्यालयस्थित उजुरी तथा गुनासो सुनुवाई शाखामा प्राप्त निवेदन तथा गुनासोलाई समेत उच्च
प्राथमिकतामा राखिएको थियो । यस्तै मुख्यालयमा दरबन्दी माग गरेका ४५ जना जवानलाई समेत प्राथमिकतामा राखेर सरुवा गरिएको छ । यस्तै घर भएको जिल्लामा सरुवा नगरी सम्भव भएसम्म नजिकको जिल्ला र त्यो नभएमा नजिकको प्रदेशमा समेत मिलाएर सरुवा गरिएको छ ।


विगत देखिकै सरुवा सम्बन्धी गुनासोलाई सम्बोधन गर्दै श्रीमान श्रीमतीलाई सम्भव भएसम्म एउटै कार्यालयमा सरुवा गरिएको छ । मुख्यालयले फारम भराएर जवानहरुको ईच्छा अनुसारको कार्यालयमा सरुवा गरेको यो पहिलो पटक हो ।
यसबाट तल्लो दर्जाको कर्मचारीको मनोबल उच्च हुने र आगामी दिनमा सरुवा सम्बन्धी गुनासो समेत कम हुँदै जाने विश्वास रहेको सशस्त्र प्रहरीले जनाएको छ ।


यस्तै बिल्लादार तथा जुनियर अधिकृतसम्म पनि जवानको सरुवाको मापदण्ड अपनाएर सरुवा गरिने नीति सशस्त्र प्रहरीले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्