Logo
Logo

आज काठमाडौं महानगरले कामकाज बन्द गर्ने


1.6k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्म आज सेवा बन्द रहने भएको छ।

महानगरको प्रशासन विभागले सूचना निकालेर कार्यालयको कामकाज आज बन्द हुने जानकारी दिएको छ। महानगरले आज (मंसिर २९ गते) २८ औं महानगर दिवस विशेष रूपमा मनाउँदैछ।

‘काठमाडौं महानगर, मातहतका सबै विभागरआयोजनारकार्यक्रमरवडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने हुँदा जानकारीका लागि अनुरोध छ,’ महानगरको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्