Logo
Logo

मधेस प्रदेशले माग्यो ठूलो संख्यामा कर्मचारी


819
Shares

काठमाडौँ । प्रदेश लोक सेवा आयोग मधेस प्रदेशले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । प्रदेश निजामती सेवाको सहायक पाँचौं तह (अप्राविधिक/प्राविधिक) पदका लागि आवेदन खुलाइएको हो ।

प्रदेश निजामती सेवाका विभिन्न सेवा, समूह, उपसमूह तथा तहका रिक्त पदको खुला, समावेशी तथा अन्तर सेवा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको आयोगले जनाएको छ ।

न्यूनतम योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । पुस २० गतेसम्म आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्