Logo
Logo

पक्षपातपूर्ण धाँधली गरेर मलाई हराइयो : झलनाथ खनाल


3.2k
Shares

काठमाडौं । इलाम–१ बाट पराजित भएका नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले आफूलाई धाँधली गरेर हराइएको बताए छन् ।

नेता खनालले वारेशमार्फत सर्वोच्च अदालतमा पुनः मतदान गराउनुपर्ने माग राख्दै दिएको निवेदनमा आफ्नो प्रतिस्पर्धी र निर्वाचन अधिकृतलगायतका कर्मचारी मिलेर आफूलाई पराजित गराएको दाबी गरेका छन् ।

‘निर्वाचन अधिकृत तथा मतदान अधिकृतको अन्यायपूर्ण र पक्षपाती निर्णय र कार्यले निर्वाचन निष्पक्ष नभएकाले मेरो संवैधानिक, कानूनी, नागरिक एवं राजनैतिक अधिकारको हनन् भएकाले पक्षपातपूर्ण निर्वाचन बदर गरी पुनः निर्वाचन गराउने गरी इन्फास हुन अदालतमा आएको छु’ नेता खनालको निवेदनमा उल्लेख छ ।

नेता खनालले ५९ हजार ३७९ मत खसेकोमा गन्ने बेलामा ५९ हजार ७०५ मत पाइएकाले धाँधली भएको पुष्टि हुने दाबी गरेका छन् । आफूलाई हराउन निर्वाचन सामग्री प्रयोगमा बाधा व्यवधान भएको, मतपत्रको दुरुपयोग भएको, नगद वा जिन्सी लाभ लिई मतदान गर्न प्रेरित गरिएको, मतदाता नै नभएकालाई मतदान गर्न दिइएको र पटक पटक मतदान भएको लगायतका १० प्रकारका धाँधली भएको उनको आरोप छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले आफूलाई पराजित गराउने काममा संलग्न निर्वाचन अधिकृत र कर्मचारीहरुलाई विभागिय कारबाहीका लागि जरिवाना हुनुपर्ने आदेशको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्