Logo
Logo

पोखराकी ‘खतरनाक’ महिला पक्राउ


14k
Shares

पोखरा । पोखरामा नाटकीय शैलीले लुटपाट गर्दै आएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पर्वत मोदी गाउँपालिका वडा नं. ६ घर भई पोखरा महा नगरपालिका वडा नं. ४ गणेश टोल बस्ने वर्ष ३४ की टीका श्रेष्ठलाई कास्की प्रहरीले बुधबार पक्राउ गरेको हो ।

उनले बृद्धा महिलाहरुलाई सहयोगको नाटक गरी लुट्दै आएकी थिइन् । कास्की प्रहरीका अनुसार सात जनासँग मात्र २७ लाख धेरै लुटेकी थिइन् । पीडितहरु आउने क्रम बढीरहेको छ ।

घरमा परिवारको अन्य सदस्यहरू नभएको मौका पारी ललाई फकाई गरी भुलाई बृद्धाहरूले घाँटी तथा कानमा लगाएको र घर कोठामा राखेको विभिन्न किसिमको सुनका गहना सफा गरिदिने र चम्काइदिने भन्दै उनले लुट्ने गरेकी हुन् । घरमा गएर सहयोग गर्ने तथा मिठा कुरा गरेर नजिकिने र गहना तथा पैसा लिएर भाग्ने गरेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय राम बजारबाट प्रहरी खटिएको विशेष अनुसन्धान टोलीले उनलाई पक्राउ गर्न सफल भएको हो ।

उनले पोखरा ११ रानी पौवा बस्ने वर्ष ७८ की दुर्गा कुमारी पाध्यको . २,६१,०५८।– , पोखरा १३ पाटनबेशी बस्ने वर्ष ८३ की रिखी माया सापकोटाको ३,००,०००।–, पोखरा १२ माटे पानी बस्ने वर्ष ७० की तिल कुमारी थापाको ८,००,०००।– , पोखरा १२ उपकर मार्ग बस्ने वर्ष ९० की शान्ति माया गुरुङको ३,५५,२५० रुपैयाँ बराबरको धनमाल लुटेकी हुन् ।

त्यस्तै, पोखरा ११ फूलबारी बस्ने वर्ष ८७ की ठग कुमारी महत क्षेत्रीको १,५०,०००, पोखरा १५ गलेश्वर मार्ग बस्ने वर्ष ५४ की सिता माया गिरीको २५,००० , पोखरा २७ कास्की बस्ने वर्ष ६५ की मधु माया पौडेलको ३,५७,००० र पोखरा १० मिलन टोल बस्ने वर्ष ८२ की डुमा देवी थापाको रु ६,०९,००० लुटेको उजुरी प्रहरीमा परेको छ ।

उनको श्रृङखलाबद्ध लुटपाटबाट कास्की प्रहरी हैरान भएको थियो । निकै दिनको मेहनतपछि उनलाई पक्राउ गर्न सफल भइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्