Logo
Logo

३३४ भारतीय सेना नेपाली सेनासँग अभ्यास गर्दै (तस्बिरहरु)


5.2k
Shares

काठमाडौं । नेपाली सेना र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास ‘एक्र्ससाइज सूर्य किरण–१६’ रुपन्देहीको सालझण्डीमा सुरु भएको छ ।

सूर्य किरणको १६औँ संस्करण मध्य पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी यामप्रसाद ढकालले शुभारम्भ गरेका छन् ।

अभ्यासमा विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समेटिएको नेपाली सेनाले जानकारी दिएको छ ।

अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना सहभागी छन् । अभ्यास आगामी पुस १४ गते सम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्