Logo
Logo

नक्कली नोटसहित एक जना भारतीय पक्राउ


819
Shares

पुस । जिल्ला प्रहरी कार्यालय महोत्तरीले नक्कली नोटसहित एक जनालाइ पक्राउ गरेको छ । ११ हजारका नक्कली नोटसहित भारतीय नागरिक रमन कुमारलाइ प्रहरीले पक्राउ गरेको हो ।

जलेश्वर नगरपालिका ९३ स्थित मालिबाडाको घुम्ती पसलमा नेपाली पैसा साटन खोज्दा स्थानीयहरुले नक्कली नोट भएको थाहा पाएपछि बिहीबार विहारको ग्राम पन्चायत वस्ने रमनलाई नियन्त्रणमा लिएका थिए ।

भिठ्ठामोड प्रहरी चौकीवाट खटिएको प्रहरीले निजलाइ पक्राउ गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्