Logo
Logo

प्रधानमन्त्रीभन्दा राष्ट्रपति को बन्ने भन्ने महत्वपूर्ण : विश्वप्रकाश


1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री भन्दा पनि राष्ट्रपति को बन्ने भन्ने विषय महत्वपूर्ण रहेको बताएका छन् । महामन्त्री शर्माले अहिले गठबन्धनबाट प्रधानमन्त्री बन्ने भएकाले दुई वर्षलाई मात्र हुने बताए ।

फाइल फोटो

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषय जति महत्वपूर्ण छ, त्यो भन्दा धेरै महत्वपूर्ण विषय राष्ट्रपतिको बारेमा छ । प्रधानमन्त्री को बन्नुहुन्छ ? दुई वर्षलाई बन्नुहोला । लुकाउने अवस्थै छैन । हामीले एक्लै विजयी हासिल गरेका होइन, सबै दल हामीसँग छन् । यो गठबन्धन जनताको बीचबाट जे मत लिएर आएको छ । यसलाई एउटा सरकार बन्ने, बनाउने भन्ने नाममा बिथोलिन दिनुहुदैन ।’

महामन्त्री शर्माले राष्ट्रपति चयनलाई भने गम्भीरतापूर्वक लिनुपर्ने र सबै दलले सहज रुपमा स्वीकार गर्न सक्ने व्यक्ति चाहिने बताए । ‘राष्ट्रपतिमा कांग्रेसले पनि सहजतापूर्वक लिनसक्ने, गठबन्धनका दलहरु र प्रतिपक्षले पनि सहजतापूर्वक लिनसक्ने नेतृत्व होस् । राष्ट्रपति पदको चयन गर्दैगर्दा प्रधानमन्त्रीको कुरालाई प्रथम र अन्तिम नमानीकन राष्ट्रपतिको विषयलाई गम्भीरतापूर्वक लिएर संविधानको रक्षा र पालना गर्नुपर्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्