Logo
Logo

सशस्त्रको ब्यारेकमा कुकर पड्किँडा ३ जना घाइते


945
Shares

काठमाडौं । सशस्त्र प्रहरीको ब्यारेकमा कुकर पड्किँदा तीन जना घाइते भएका छन् । सशस्त्र प्रहरी हेडक्वाटर हल्चोक पछाडि रहेको कार्यदल गणमा शनिबार राति खाना बनाउने क्रममा कुकर पड्किँदा तीन जना घाइते भएका हुन् ।

कुकर पड्किँदा सशस्त्र जवानद्वय हिरा सिंह बराल, यमनाथ योगी र क्यान्टिन सन्चालकका ११ वर्षीय छोरा आयुस बुढा घाइते भएका छन् । घाइते तीनै जनाको उपचार क्रीतिपुर अस्पतालमा भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्