Logo
Logo

राष्ट्रपति आकांक्षीको लर्को


11.2k
Shares

काठमाडौं । आमनिर्वाचन सम्पन्न भएसँगै राजनीतिक दलले राष्ट्रपति पदका लागि दौडधुप बढाएका छन् । दलका आकांक्षीकाे समेत दौडधुप बढेको छ ।

जनमतअनुसार सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्छ । तर, अहिले नै कांग्रेस नेतृत्वमा सरकार गठन हुन्छ नै भन्ने निश्चित छैन ।

कसको नेतृत्वमा सरकार गठन हुन्छ भन्ने निश्चित नभए पनि दलहरुले पावर सेयरिङका लागि छलफल सुरु गरेका छन् ।

सम्भावना हेर्दा प्रधानमन्त्री पाउने दलले राष्ट्रपति पाउने सम्भावना कम छ । तर, सत्ता गठबन्धनका सबै दलले राष्ट्रपति दावी गर्दै आएका छन् ।

गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले प्रधानमन्त्री पाए माओवादीले राष्ट्रपति पाउने सम्भावना रहन्छ । अथवा, माओवादीले प्रधानमन्त्री पाए कांग्रेसले राष्ट्रपति पाउनेछ ।

को-को छन् राष्ट्रपतिको दौडमा ?
राष्ट्रपति पदका लागि गठबन्धनका धेरै नेता दौडधुप छन् । कांग्रेस नेता रामचन्द्र पौडेल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले प्रयत्न गरिरहेका छन् ।

त्यसैगरी, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, पूर्वसभामुखद्वय अग्निप्रसाद सापकोटा र कृष्णबहादुर महरा तथा उपराष्ट्रपति नन्दबहादुर पुन समेत राष्ट्रपतिको दौडमा छन् ।

सरकार गठनको समीकरण बनेसँगै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख र सातै प्रदेशमा मुख्यमन्त्री पद बाँडफाँट हुनेछ  ।

राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल २९ फागुनमा सकिँदैछ । त्यसैले फागुन अन्तिमतिर देशले नयाँ राष्ट्रपति पाउने सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्