Logo
Logo

जनमत पार्टीको संसदीय दलको नेतामा डा. सिके राउत


1.9k
Shares

जनकपुर । राष्ट्रिय जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन भएका छन् ।

आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको नवनिर्वाचित सांसदहरूको बैठकले दलको नेतामा राउतलाई सर्बसम्मत चयन गरेको हो ।

दलको उपनेता र प्रमुख सचेतक चयन गर्न आज (सोमबार) १० बजे पुन बैठक बोलाइएको पार्टीका नेता बीपी साहले जानकारी दिए ।

राउत मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा सप्तरी क्षेत्र नं. २ बाट भारी मतले विजयी भएका थिए । उनले निकतम प्रतिस्पधी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पराजित गरेका हुन् ।

जनमतका ६ सांसद छन्। राउत प्रत्यक्ष र अरु पाँच जना समानुपाति प्रणालीबाट चयन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्