Logo
Logo

वामपन्थीको सरकार बन्न सक्दैन : माधव नेपाल


3.3k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वामपन्थीको सरकार बन्न नसक्ने बताएका छन् । वामपन्थी शक्ति मिलेर सरकार बनाउने भन्ने अलमल्याउने कुरा मात्र भएको उनको भनाइ छ ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई सोमबार पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बधाई दिन आयोजित कार्यक्रमलाई अध्यक्ष नेपालले यस्तो दावी गरेका हुन् ।

अध्यक्ष नेपालले भने, ‘कसैले वामपन्थीको सरकार बनाउने कुरा सोचिरहेको छ, तर त्यो अलमल्याउने कुरामात्र हो ।’ उनले भएकाको विश्वास गुमाउने अनि हुँदै नभएकाको विश्वास गरेर घर न घाटको हुने, गल्ती गर्न नसकिने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले अहिले नै नेकपा एमालेसँग मेलमिलाप हुन सक्ने सम्भावना नभएको समेत बताए । उनले भने, ‘एकातर्फ हामीले मित्रहरुको खोजी र पहिचान पनि गर्ने र मान्छेमा परिवर्तन र रुपान्तरण भइरहेको छ । आत्मालोचना पनि देखिएको छ भने साँच्चै सुध्रिएको अवस्था देखिएको छ । यो दुईवटै कुरामा उत्तिकै ध्यान दिएर चल्नुपर्छ ।’

साथै, अध्यक्ष नेपालले अहिलेकै गठबन्धन कायम राख्ने भनेर संयुक्त वक्तव्य जारी गरिसकेको भन्दै गठबन्धनकै सरकार बन्ने बताए । उनले भने, ‘गठबन्धन हामी कायम राख्नेछौं, गठबन्धन दलका नेताले सँगसँगै जाने संयुक्त वक्तव्य जारी गरिसकेका छौं । गठबन्धनकै सरकार बन्ने आशा गरेका छौं ।’

उनले गठबन्धन दलका अरु पार्टी र पार्टीभित्रका नेताहरुमा अहंकार रहेको भन्दै जस्तो परिस्थिति आइलाग्छ, त्यसको सामना गर्न आफूहरु तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्