Logo
Logo

संसदीय दलको साझा उम्मेदवार बनाउन कोइराला समूह छलफलमा, विश्वप्रकाश अनुपस्थित


5.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनको तालिका सार्वजनिक गरेसँगै डा. शेखर कोइराला समूहले निर्णायक छलफल थालेको छ ।

कांग्रेस संसदीय दलको नेतामा एक जना उम्मेदवार खडा गर्न संस्थापन इतर पक्षको बैठक राजधानीको होटल एम्बासडरमा चलिरहेको छ । नेता शेखर कोइराला र महामन्त्री गगन थापालाई मिलाएर एक जना संसदीय दलको नेताको उम्मेदवार तय गर्न इतर पक्षका शीर्ष नेताबीच छलफल भइरहेको हो ।

बैठकमा कोइराला र थापा दुवै सहभागी छन् । सम्भवतः दुई मध्ये एक नेता आजै दलको नेता आकांक्षीबाट बाहिरिने सम्भावना रहेको एक नेताले बताए ।छलफलमा गुरुङसहित चन्द्र भण्डारी, बलबहादुर केसी, हृदयराम थानी लगायत नेता होटल एम्बासडरमा सहभागी छन् । थापालाई दलको नेता प्रस्ताव गरेका अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने सहभागी छैनन् ।

प्रतिक्रिया दिनुहोस्