Logo
Logo

संसदीय दलमा सहमति खोज्न शेखर-गगनलाई एक रातको समय


5.1k
Shares

काठमाडौं । नेपाली कांग्रेस शेखर कोइराला समूहमा संसदीय दलको नेताको साझा उम्मेदवारमा सहमति जुटाउन नसकेपछि नेताद्वय शेखर कोइराला र गगन थापाले आज सोमबार रातभरिको समय पाएका छन् । अन्यथा भोलि विहान ८ बजे बस्ने यो समूहको बैठकले टुंगो लगाउने बताइएको छ ।

दिउँसो समूहका नेताहरु छलफलमा जुटेका थिए । छलफलमा सहभागी नेताहरुले भने यो समूहबाट एउटै उम्मेदवार हुनुपर्नेमा जोड दिएका छन् । बैठकमा सहभागी एक नेताले भने, ‘फलानो हुनुपर्छ भनेर हामीले भनेनौं । तपाईंहरु आपसमा बस्नुस् र दुईमध्ये एक हुनुपर्छ भनेका छौं ।’

कांग्रेसको निर्वाचन समितिले संसदीय दलको नेताका लागि भोलि मंगलबार दिउँसो २ देखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्