Logo
Logo

अर्थमन्त्रीलाई पुलिस चलाउने रहर


1.5k
Shares

काठमाडौं । देशमा राजश्वले चालू खर्च पनि नधान्ने अवस्था आइसकेको छ । यो अवस्था बढ्दै गए केही महिनापछि कर्मचारीले तलब नपाउने निश्चित छ । तर, अर्थमन्त्री जनार्दन शर्मालाई त्यसको कुनै चिन्ता छैन । व्यक्तिगत स्वार्थमै उनी केन्द्रित छन् ।

मन्त्रालयमा आर्थिक चलखेलका आधारमा आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयमा कर्मचारीको सरुवा गरिरहेका छन् । जसकारण त्यहाँ सेटिङ हुँदा भन्सार र राजश्व उठ्न सकेको छैन । रसुवागढी नाकाबाट हुने तस्करीमा माओवादीनिकट व्यक्तिहरुले नै सेटिङ गर्दै आएको घटनामा दोषीलाई जोगाउन मन्त्रालय नै लागेको छ ।

अनौठो त अझ के छ भने अर्थ मन्त्रालय अस्तव्यस्त हुँदा अर्थमन्त्रीको ध्यान भने प्रहरी चलाउनेतर्फ छ । हालै प्रहरी ऐन संशोधनका लागि गृहले सहमति माग्दा अर्थले एक वर्षपछि लागू हुने गरी ३० वर्षे सेवाहद हटाउनुपर्ने भनेर राय लेख्न लगाएका छन् । प्रहरीमा चलखेल गर्ने योजना अन्र्तगत त्यस्तो राय दिइएको स्रोत बताउँछ ।

दुई महिनाअघि उनी निकट एआइजी रविन्द्र धानुक अवकाश हुन लाग्दा एआइजीको उमेरहद बढाउने ठाडो प्रस्ताव मन्त्रिपरिषद्मा उनै शर्माले लगेका थिए । तर, चुनावको मुखमा उनको प्रयास सफल हुन सकेन ।

त्यसैको रिसमा उनले सेवाहदको विषय एक वर्षपछि लागू हुुुने राय दिएपछि गृह मन्त्रालयका अधिकारीले अनौठो मानेका छन् । देशको ढुकुटी बच्ने विषयमा यसरी ढिलो कार्यान्वायन गराउन खोजेको विषयले पनि अर्थमन्त्रालय विवादमा तानिएको हो ।

प्रतिक्रिया दिनुहोस्