Logo
Logo

राणाको अन्तिम चलखेल


2.3k
Shares

काठमाडौं । न्यायको चीरहरण गर्ने इतिहासकै विवादित पात्र चोलेन्द्रशमशेर राणा ६५ वर्षे उमेरहदले अवकाश पाएपछि स्वतन्त्र न्यायपालिकाका पक्षपातीले राहत महसुस गरेका छन् । न्यायाधीशमा सेवा प्रवेश नै गलत नियतका साथ गरेका राणाको ३८ महिने कार्यकाल निकै विवादित बन्यो ।

संगीन अपराधीसँग घुस खाएर छाड्नेदेखि वित्तीय अपराध गर्ने क्यासिनोहरुसँग उनको साँठगाँठले ऐन कानुनका आधारमा होइन, अन्तरिम आदेशका आधारमा देश संचालन गर्ने परिपाटी बस्यो ।

राणाले सर्वोच्च अदालतको प्रधानन्यायाधीशको गरिमा कायम गर्न नसक्ने ठोकुवा गर्दै दृष्टिले उनलाई नियुक्ति नगर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई खबरदारी गरेकै हो ।

तर, ओलीले आफ्ना निहीत स्वार्थपूर्ति गर्ने उपयुक्त पात्रका रुपमा चोलेन्द्रलाई न्यायालयको नेतृत्व सुम्पेका थिए । २ पटक संसद विघटन गर्दा राणाले ओलीलाई साथ दिने प्रतिबद्धता जनाएका थिए । तर, राजनीतिक दल र नागरिकस्तरबाट भएको खवरदारीका अगाडि राणाको केही चलेको थिएन ।

यद्यपि, राणाले नेकपाको एकता खारेज गरी एमाले ब्यूँताइदिएर ओलीलाई ठूलो गुण भने लगाएकै हुन् । यदि, एमाले नब्यूँताइदिएको भए अहिले ओली कहाँ हुन्थे, त्यो अनुमान मात्र गर्न सकिन्छ ।

राणाले महाभियोग लाग्नुअघि राजीनामा दिएको भए उनको बहिर्गमन विवादरहित हुन सक्थ्यो । कानुन व्यवसायी मात्र होइन, सहकर्मी न्यायाधीशसमेत आन्दोलित हुनुपर्ने अवस्था सिर्जना भएपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का तत्कालीन संसादहरुले राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।

महाभियोगपछि पनि राणालाई सर्वोच्चमा फर्काउन ओलीले चलखेल गरेका थिए । २०७८ फागुन १ मा महाभियोग दर्ता भएपछि निलम्बनमा परेका राणाले सफाइ पाउन हरसम्भव प्रयास पनि गरेकै थिए ।

उनले मंसिर ४ को चुनावपछि त महाभियोगबाट सफाइ पाउन एक दिन भए पनि सर्वोच्च अदालतमा हाजिर हुने र दोस्रो दिन राजीनामा दिने प्रस्ताव समेत दूतमार्फत् सत्तारुढ दलका शीर्ष नेताहरु सम्म पुुु¥याएका थिए ।

त्यसका लागि न्यायालयका विचौलिया दीपक तिम्सिनामार्फत् उपेन्द्र महतोसँग भेटाए । महतोले धनुषा ४ बाट चुनाव जितेका ज्वाई रघुवीर महासेठलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न पठाए ।

महासेठले २०७९ मंसिर १९ गते प्रचण्डलाई उनकैनिवास खुमलटारमा पुगेर भेटेका थिए । प्रचण्ड–महासेठ भेटलाई कम्युनिष्टहरु बीच सरकार बनाउने बारेमा भएको भनेर प्रचार गरियो । चुनावको परिणाम आइरहेको र कांग्रेससँगको चुनावी तालमेल माओवादीका लागि अनपेक्षित भएको समयमा प्रचण्डसँग भेट्न महासेठलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पठाएको हुनसक्ने अनुमान पनि लगाइयो ।

तर, महासेठ बिशुद्ध राणाको योजनामा महतोले पठाएका दूतका रुपमा प्रचण्ड भेट्न गएका थिए । स्रोतका अनुसार महासेठले भेटका क्रममा प्रचण्डलाई राणाको महाभियोग निस्प्रभावी पार्ने र सर्वोच्चमा हाजिर गराउने वातावरण बनाउनका लागि आग्रह गरेका थिए । प्रचण्डसँग महासेठले भनेका थिए–‘अवकाश हुने बेला भयो, आखिर महाभियोगको औचित्य पनि सकियो ।’

चुनावी तनावमा रहेका प्रचण्डले महासेठलाई म सत्ता गठबन्धनका नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा र माधवकुमार नेपालसँग छलफल गर्छु भनेर पठाइदिए । तर, प्रचण्डले देउवा र नेपालसँग कुनै छलफल गर्न आवश्यक ठानेनन् । प्रचण्डलाई भेट्न महासेठ पठाएका राणाले ओलीसँग तिम्सिनासँगै गएर बालकोटमा मंसिर २० गते महाभियोग निस्प्रभावी बनाउनका लागि राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना र संसद सचिवालयका महासचिव भरतराज गौतमलाई भनिदिन आग्रह गरे । ओलीले त्यहँीबाट तिम्सिना र गौतमलाई फोन गरिदिए । तिम्सिना समाजमा दीपक र गणेश दुवै आवद्ध भएकाले उनीहरुको हिमचिम गहिरै थियो ।

नियम अनुसारको काममा समेत हस्ताक्षर गर्न डराउने प्रवृत्तिका संसदका महासचिव गौतम र गणेश तिम्सिनालाई सहमत गराउन राणाले अन्तिममा दीपक तिम्सिनामार्फत् आकर्षक डिल गरेको स्रोत बताउँछ । अध्यक्ष पदबाट बिदा हुने बेला भएका गणेशले आकर्षक प्याकेजको प्रस्तावपछि मिल्दै नमिल्ने पत्र लेख्न गौतमलाई निर्देशन दिएका थिए ।

गौतमसँग पनि दीपक तिम्सिनाले प्याकेजमा डिल गरेकाले संसद सचिवालयका कर्मचारीलाई समेत थाहा पत्तो नदिई राणालाई महाभियोग निस्प्रभावी भएको पत्र मंसिर २१ मा दिइयो । पत्र प्राप्त गर्नेवित्तिकै हाजिर हुनका लागि जान सुरक्षाको ब्यवस्था गरिदिन अनुरोध गरेपछि हल्ला फैलिएको थियो । नेपाल बार एशोसिएसनले राणालाई हाजिर हुन नदिने गरी सर्वोच्चको मूलढोकामा धर्ना सुरु ग¥यो ।

सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठक बस्यो । र, सर्वोच्चले संसद सचिवालयका महासचिव गौतमलाई कुन आधारमा महाभियोग निस्क्रिय भएको हो भनी ६ वटा प्रश्न सोधेर पठायो । संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाभियोग निस्प्रभावी नभएको बताए । र, सर्वोच्चमा फर्किने र सफाइ पाउने चोलेन्द्रको सपना तुहियो । अन्तिममा उनले षडयन्त्रमा मोहरा बनाएका गणेश तिम्सिना र भरतराज गौतमलाई गरेको लगानी पनि डुब्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्