Logo
Logo

भिजिट भिसामा प्रहरीसम्म सेटिङ


8.8k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्टिन्य विमानस्थलबाट हुने भिजिट भिसामा हुँदै आएको एयरलाइन्स र अध्यागमनको सेटिङमाथि प्रहरीले धावा बोलेपछि पछिल्लो समय धन्दा केही कम भएको छ । तर, भिजिट भिसाका केही एजेन्टहरू यती शक्तिशाली छन् भने उनीहरुलाई प्रहरीलाई समेत हात लिन थालिसकेका छन् ।

पछिल्लो समय विमानस्थलमा मानब बेचबिखन अनुसन्धान ब्यूरोबाट प्रहरी टोली खटिएको छ । उनीहरुले भिजिट भिसामा जानेहरुको कागजपत्र हेर्दै आएका छन् । ६ सय भन्दा धेरैलाई नियन्त्रणमा समेत लिइसकेका छन् । तर, नाइकेहरु कोही पक्राउ परेका छैनन् । भिजिट भिसाका नाइकेहरुले प्रहरीलाई प्रभावामा पार्न सफल भएका छन् ।

विमानस्थलमै खटिएका प्रहरीसमेत यसमा मिल्न थालेको स्रोत बताउँछ । ब्यूरोबाट खटिने भिमसेन कार्की, भिमसेन आचार्य लगायतको गतिविधि शंकास्पद देखिएको स्रोत बताउँछ । उनीहरु ब्यूरोका एसपी दानबहादुर मल्लनिकट मानिन्छन् । ब्यूरोमा एसपी मल्लको हालिमुहाली छ । पछिल्लो समय ब्यूरोले नियन्त्रणमा लिएका पासपोर्ट फिर्ता दिनसमेत आर्थिक चलखेल हुने गरेको चर्चा प्रहरीमा छ ।

विमानस्थलमा लामो समयदेखि कार्यरत केही प्रहरीको पनि भिजिट भिसाको गिरोहसँग निकटता रहेको स्रोत बताउँछ । जसकारण पछिल्लो समय भिजिट भिसाको धन्दा बढेको छ । अध्यागमनका प्रमुख बासुदेव घिमिरे जसरी पनि सेटिङ चलाउन लागिपरेका छन् ।

प्रतिक्रिया दिनुहोस्