Logo
Logo

सुदूरपश्चिम प्रदेशसभा सदस्यको शपथ पुस ११ गते


189
Shares

धनगढी । सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथ पुस ११ गते हुने भएको छ ।

अछाम क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावलले प्रदेशसभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ खुवाइने प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

प्रदेशसभा सचिवालयले पुस ११ गते नै प्रदेशसभा सदस्यशहरूको स्वागतमा चियापान कार्यक्रम आयोजना गर्ने छ ।

निर्वाचन आयोगले पुस २ गते प्रदेशसभाको अन्तिम परिणाम प्रदेश प्रमुख देवराज जोशीलाई बुझाएको थियो । अन्तिम परिणाम बुझाएको २० दिनभित्र प्रदेश प्रमुखले प्रदेशसभाको बैठक बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

पद तथा गोपनीयताको शपथ ग्रहणपछि बैठकको मिति तय गर्ने तयारी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । अन्तिम निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिन भित्र प्रदेश प्रमुखको आह्वान बमोजिम नयाँ सरकार गठन गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्