Logo
Logo

बन्चरे डाँडाका जनतामाथि अन्याय हुने छैन : शहरी विकास मन्त्री


504
Shares

काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चाधरीले बन्चरे डाँडाका जनतामाथि अन्याय नहुने बताएका छन् ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरे डाँडाको मंगलबार स्थलगत निरिक्षणका क्रममा मन्त्री चौधरीले स्थानीयसँग कुरा गर्दै सो कुरा बताएका हुन् । उनले भने, ‘यत्रो फोहोर जम्मा भइरहेको छ । गन्ध निस्कन्छ । तपाईंहरुकै कारण काठमाडौं सफा भएको छ । त्यसकारण तपाईंहरुका जायज माग सम्बोधन हुने छन् । अधिकांस माग पुरा हुने चरणमा पनि छन् ।’

पहुँच भएकाहरुले बन्चरे डाँडाबाट लाभ लिइरहेको तर गरिब र सोझा जनता भने मारमा परेको मन्त्री चौधरीले बताए । उनले भने, ‘पहुँच भएकाहरुले बन्चरे डाँडाबाट लाभ लिइरहेका छन् । तर यहाँका गरिब, सोझा मान्छेहरु वास्तवमै मारमा परेका छन् । यसमा पनि ध्यान दिनुपर्छ ।

शहरी विकास तथा भवन निर्माण विभाग, बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजना कार्यान्वयन इकाइका इन्जिनियर माधव कटुवालले बन्चरे डाँडाको काम दुई चरणमा गरिएको जानकारी दिए ।

उनले भने, ‘पहिलो चरण अन्तर्गत सेडिमेन्टेसन ट्याङ्क, लिथेट ट्याङ्क, कर्मचारी तथा सुरक्षाकर्मी बस्ने भवन, सार्वजनिक शौचालय, गाडी मर्मत भवन, प्रवेशद्धार लगायतका निर्माण कार्य थिए । हामीले पहिलो चरणलाई सेल –१ र सेल–२ गरि दुई भागमा विभाजन गरेका थियौँ । सेल –१ को काम शतप्रतिशत सम्पन्न भइसकेको छ भने सेल–२ को ९५ प्रतिशत कार्य सम्पन्न भएको छ ।’
त्यसैगरि दोस्रो चरण अन्तर्गत ड्याम निर्माण, पहिरो नियन्त्रण, सडक तथा नाला निर्माण गरि शतप्रतिशत काम सम्पन्न भइसकेको इन्जिनियर कटुवालले जानकारी दिए ।

तिनपिप्लेदेखि बन्चरे डाँडा जाने मुख्य ढुवानी मार्गको मर्मत कार्य अन्तिम चरणमा रहेको र यसका साथै शहरी विकास मन्त्रालयले फोहोर मैला ढुवानीका लागि छुट्टै र छोटो दुरीको बैकल्पिक मार्गको डिपिआर सम्पन्न गरि ठेक्का दिन लागिएको पनि इन्जिनियर कटुवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्