Logo
Logo

बुथमा मोबाइल लैजान पाउने कि नपाउने भन्ने विवादले मतदानमा ढिलाइ


2.7k
Shares

काठमाडौं । मतदान स्थलमा विवाद हुँदा नेपाली कांग्रेस संसदीय दलको निर्वाचन सुरु हअुन सकेको छैन् ।

सिंहदरबार परिसरमा बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जारी गरेको कार्यतालिकामा उल्लेख छ । यद्यपि, ८ बजिसके पनि मतदान भने सुरु भएको छैन ।

मतदान केन्द्रमा मोबाइल लैजान पाउनु पर्ने र हुँदैन भन्ने पक्षको विवाद हुँदा मतदान सुरु हुन नसकेको हो । निर्वाचन समितिका रहेका संस्थापन पक्षधर भिष्मराज आङदेम्बे र पुष्पा भुसाल मोबाइल लैजान पाउनु पर्ने पक्षमा छन् ।

संस्थापनइतर पक्षका प्रकाश स्नेही भने गोप्य मतदानमा मोबाइल लैजान हुँदैन भन्ने पक्षमा छन् । जसका कारण मतदान सुरु हुन सकेको छैन । कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रक्रियामा भाग लिनेछन् । मतगणना र परिणाम सार्वजनिक आजै हुनेछ ।

कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको उमदवारी परेको छ । सभापति देउवालाई संसदीय दलको नेतामा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्ताव गरेका छन् । समर्थकमा उपसभापति पूर्णबहादुर खड्का बसेका छन् ।

महामन्त्री थापाको प्रस्ताव डा. शेखर कोइराला बनेका छन् । थापालाई पार्टी संसदीय दलको नेता बनाउने शेखरको प्रस्तावको समर्थकमा उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्