Logo
Logo

सांसदहरुले नेतृत्वमा नयाँ पुस्ता ल्याउन चाहानुभएन : गगन थापा


1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

संसदीय दलको नेतामा भारी मतले पराजित भएपछि संचारकर्मीसँग प्रतिक्रिया दिँदै महामन्त्री थापाले संसदीय दलको नेतामा निर्वाचित भएपछि देउवालाई बधाई दिएका हुन् ।

साथै उनले आफुलाई विश्वास गरेर भोट हाल्ने सांसदहरुलाई धन्यवाद दिँदै पराजित भएपनि निरन्तर पार्टीमा लागिरहने बताए ।
उनले नेतृत्वमा नयाँ पुस्ता आउनुपर्छ भन्ने आफ्नो मान्यतालाई बहुसंख्यक सांसदहरुले वेवास्ता गरेको बताए ।

थापाले भने, ‘सांसदहरुले अहिले जसरी चलिरहेको छ त्यसरी नै चलोस भन्ने सोच्नुभयो ।’ बहुसंख्यक सांसदहरु पुरानै विधि र पद्धतीबाट चल्न चाहेको भन्दै उनले आफ्नो पराजितलाई स्वभाविक लिएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्