Logo
Logo

पराजित भएपछि गगनले भने- हाम्रो समूहको मत बढ्यो


7.7k
Shares

काठमाडौं । कांग्रेस संसदीय दलका नेता पराजित भएपछि महामन्त्री गगनकुमार थापाले आफ्नो समूहको मत बढेको दाबी गरेका छन् ।

संसदीय दलको निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रतिकृया दिँदै थापाले विगतमा आफ्नो समूहमा थोरै मात्र संख्या रहेता पनि निर्वाचनमा प्राप्त मतका आधारमा आफ्नो पक्षमा मत बढेको दाबी गरेका हुन् ।

विगतमा संस्थापन पक्षमा रहँदै आएका नेता प्रदीप पौडेल लगायतले आफ्नो पक्षमा मतदान गरेका कारण पनि आफ्नो पक्षको मत बढेको उनको दाबी रहेको छ ।

दलको निर्वाचनका क्रममा पार्टी भित्रको समूह नरहेको र सबै स्वतन्तत्र रहेको अवस्थामा पनि आफूले पाएको मत आफ्नो समूहकै पक्षमा रहेको उनको धारणा रहेको छ ।

शेखर समूहबाट आधिकारीक उम्मेदवार बनेका गगनले उक्त समूहको ३१ मत पाउने अपेक्षा गरिएको थियो । त्यसमा प्रदीप पौडेलसमेत थपिएको अवस्थामा कम्तिमा ४० मत पाउने गगन आफैले अपेक्षा गरेका थिए । तर, उनले आफ्नै समूहको समेत मत पाउन सकेनन् ।

गगनले आफू निर्वाचित नभए पनि कांग्रेसमा लामो समयदेखि एकै व्यक्ति दलको नेता हुनु हुँदैन भन्ने मत जाहेर भएको समेत बताएका छन् । उनले भने– ‘मैले पाएको मत जितका लागि पुग्दो नभए पनि दलको नेता फेर्नुपर्छ भन्ने मत जाहेर भएको छ । यसले पार्टीलाई ठीक दिशातर्फ लैजान्छ ।’

प्रतिक्रिया दिनुहोस्