Logo
Logo

पाँच वर्ष मन्त्री नबन्ने गगन थापाको घोषणा


16.4k
Shares

काठमाडौं । संसदीय दलको नेता पराजित भएपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब सरकारमा गएर मन्त्री नबन्ने घोषणा गरेका छन् ।

दलको नेता पराजित भएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले नयाँ बन्ने सरकारमा नजाने बताएका हुन् । उनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपनि आफु मन्त्री नबन्ने घोषणा गर्दै संसदीय दलको नेता बन्न प्रयास गर्ने बताएका हुन् ।

उनले भने, ‘म दलको नेतामा उम्मेदवार बनेको हुँ । स्वभाविकले नै संसदीय दलको नेता बन्ने प्रयास गर्छु । कांग्रेसकै नेतृत्वमा सरकार बनेपनि म मन्त्री बन्दिनँ । अरु साथीहरु जानुहोला । मेरो प्रयास दलको नेता बन्ने नै रहन्छ ।’

यसअघि स्वास्थ्यमन्त्री बनिसकेका थापाले यसपटक पनि महत्वपूर्ण मन्त्रालय सम्हाल्ने अनुमान गरिएको थियो । तर, थापा आफैले मन्त्री नबन्ने घोषणा गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनकै क्रममा गगनले प्रधानमन्त्रीको उम्मेदवारका लागि मत मागेका थिए । निर्वाचन सम्पन्न भएपछि सत्तारुढ गठबन्धनको बैठमा सहभागी नगराएर सभापति शेरबहादुर देउवाले बाइपास गर्न थालेका थिए । यसैको आधारमा गगनले चाहेपनि देउवाले मन्त्री नबनाउने विश्लेषण हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्