Logo
Logo

सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो


693
Shares

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको भाउ अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला आठ सयले उकालो लागेको छ ।

मङ्गलबार प्रतितोला एक लाख ४ सयमा कारोबार भएको छापवाल सुनको भाउ आजका लागि प्रतितोला एक लाख एक हजार २ सय तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन अघिल्लो दिन ९९ हजार नौ सयमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा २५ ले वृद्धी भई प्रतितोला एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्