Logo
Logo

दलको नेता चुनिएपछि देउवाले भने- कांग्रेस मिलेर अगाडि बढ्छ


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रसका सभापति शेरबहादुर देउवा दलको नेतामा चनिएपछि अब पार्टीलाई राम्ररी अगाडि बढाएर लैजाने बताएका छन् ।

बुधबार निर्वाचित भएपछि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकारहरुसँग भने, ‘अब नेपाली कांग्रेसमा सबैलाई मिलाएर लैजान्छौँ । पार्टी मिलेर अगाडि बढ्छ ।’

बुधबार भएको संसदीय दलको निर्वाचिनमा देउवाले ६४ मतसहित विजयी भएका छन् भने महामन्त्री गगन थापाले २५ मत पाए । यससँगै देउवा छैटौँ पटक प्रधानमन्त्री हुने दौडमा छन् । वर्तमान सत्ता गठबन्धन र संसदमा समेत सबैभन्दा ठूलो दल रहेकाले आफूहरुकै नेतृत्वमा नयाँ सरकार बन्ने कांग्रेसले जनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्