Logo
Logo

दलको नेता बन्न आकांक्षीको लर्को, कसलाई बनाउने अलमलमा जसपा


37.7k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले नवनिर्वाचित संघीय सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ । सबै पार्टीले लगभग दलको नेता छानिसकेको अवस्थामा जसपाले भने ७ गतेपछि मात्रै नेता चुन्ने बताएको हो ।

जसपाका प्रवक्ता मनिष सुमनले संसदीय दलको नेतालगायत अन्य विषयको बारेमा पार्टीमा आन्तरिक गृहकार्य भइरहेको र संघीय सांसदको शपथग्रहणपछि मात्रै नेता चयन हुने बताए ।

अध्यक्ष उपेन्द्र यादव मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा पराजय भए । यादवले संसदमा प्रतिनिधित्व गर्न असफल भएपछि जसपामा दलको नेता को बन्ने भन्ने अन्यौल देखिएको छ । यससँगै जसपामा संसदीय दलको नेता बन्न होडबाजी नै चलेको छ ।

वरिष्ठतमको आधारमा अशोक राईलाई बनाउनुपर्ने माग छ । तर, अध्यक्ष यादवसँगको तिक्ततापूर्ण सम्बन्धका कारण अशोक दलको नेता निर्वाचित हुने सम्भावना कम छ ।

राजकिशोर यादव, रामसहाय यादव, नवलकिशोर साहले संसदीय दलको नेतामा दाबी गरेका छन् । यसैकारण जसपाले दलको नेता को बनाउने भन्ने निर्णय गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्