Logo
Logo

बिहेमा नाच्न नदिँदा हत्या


1.6k
Shares

पर्सा । पर्सामा एक विवाह समारोहमा कुटपिट हुँदा घाइते भएका एक पुरुषको मृत्यु भएको छ ।

विवाह समारोहमा नाच्ने विषयमा विवाद हुँदा जिराभवानी गाउँपालिका–४ ठेकरियाका ३६ वर्षीय सैमुल्लाह राउत गद्दीमाथि कुटपिट भएको थियो ।

कुटपिटबाट घाइते उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा लगिएकोमा चिकित्सकले मृतक घोषणा गरेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी दिपक गिरीले जानकारी दिए।

बुधबार बिहान ४ बजेतिर सरुम राउत गद्दीका छोरा २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झगडा भएको थियो । अरु ब्याण्ड बजाएर नाचिरहेको स्थानमा पुगेर सैमुल्लाहले ब्याण्ड ठूलो आवाजमा बजाएको भन्दै बन्द गर्न लगाएको थिए ।

त्यही विषयमा उनीमाथि टर्च लाइटले टाउकोमा हानिएको थियो । त्यसपछि उनलाई घर लगेर सुताए । अरु भने जन्ती गएका थिए । तर सुतिरहेका उनले आफूलाई गाह्रो भएको बताएपछि अस्पताल लगिएको थियो ।

अहिले सैमुल्लाहका परिवारले जाहेरी दिएका छन्। कुटपिटमा संलग्नमाथि अनुसन्धान भइरहेको डीएसपी गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्