Logo
Logo

घाँटीमा खसीको मासु अड्किएर एक जनाको मृत्यु


6.6k
Shares

दैलेख । घाँटीमा मासु अड्किएर दैलेखमा एक जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार बिहान खसीको मासु खाँदा घाँटीमा अड्किएर नारायण नगरपालिका–६ भूर्तिका ३८ वर्षीय वीरबहादुर सार्कीको मृत्यु भएको हो ।

सवा दश बजेतिर घाँटीमा अड्किएको मासु ननिक्लिएपछि उनको उपचारका लागि जिल्ला अस्पताल दैलेखमा लगिएको थियो ।

अस्पतालमा ल्याइसकेपछि दिउँसो पौने १ बजे उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्