Logo
Logo

कुख्यात विकिनी किलर चार्ल्स शोभराजलाई उन्मुक्ति


4k
Shares

काठमाडौं । सर्वोच्च अदालतले कुख्यात विकिनी किलर चार्ल्स शोभराजलाई कैदमुक्त गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले अन्य मुद्दामा थुनामा बस्न नपर्ने भए आजैदेखि कैद मुक्त गर्न र पन्ध्र दिन भित्र आफ्नै देश फर्काउने व्यवस्था मिलाउन आदेश जारी गरेको हो ।

शोभराजले दिएको बन्दीप्रत्यक्षीकरण मुद्दामा इजलासले १९ वर्ष कैद सजाय भोगिसकेको र ७८ वर्षको वृद्ध भएकाले उनले कानूनले दिएको सुविधा पाउनुपर्ने भनेको हो । सन् १९७५ मा अमेरिकी र क्यानेडियन नागरिकको हत्यामा उनलाई काठमाडौं र भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरेका थिए ।

सर्वोच्चको आदेश

प्रतिक्रिया दिनुहोस्