काठमाडौं । आज बिहान प्रदेश-१ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराईका थोरै भू-भागमा हुस्सु र कुहिरो रहेको छ ।
आज दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
विभागका अनुसार आज राति प्रदेश-१ को पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
तराईका केही भू-भागमा बिहानीपख हुस्स र कुहिरो लाग्ने र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै भइरहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।
हाल नेपालको पूर्वी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।