Logo
Logo

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदको शपथ आज


1k
Shares

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।

संघीय संसद् सचिवालयले मंसिर ४ को निर्वाचनबाट निर्वाचित सांसदहरूलाई आज दिउँसो १ बजे सपथ गराउने भएको हो ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।

राणालाई बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी थिइन् । शपथ गराए लगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको छ । निर्वाचित सांसदहरुलाई शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्