Logo
Logo

खोटाङ आगलागी पीडितका लागि प्रदेश सरकारले पठायो राहत


315
Shares

विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका–४ बक्सिला बजारमा भएको आगलागीपीडित परिवारका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आगलागीपीडित परिवारका लागि खाद्यान्न, लत्ताकपडा सहितका सामग्री खोटाङ पठाएको हो ।

मन्त्रालयले त्रिपाल १८ थान, कम्मल २७ थान, चामल ४ सय ५० केजी रहर दाल ४५ केजी र चिनी ४५ केजी राहत सामग्री पठाएको हो । सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले पीडितलाई उचित राहतको व्यवस्था प्रदेश सरकारले गर्ने बताएका थिए ।

जसअनुसार प्रदेश १ को मन्त्रीपरिषद्को बैठकले पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको थियो । बक्सिला बजारमा दीपक गुरुङको घरबाट बिजुलीको तार सर्ट भई सुरु भएको आगलागीले बजार क्षेत्रका ५ घर जलेर नष्ट हु“दा ४ करोड ९९ लाख ३३ हजार मूल्य बराबरको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्