Logo
Logo

सुदूरपश्चिम प्रदेशसभा सदस्यले १५ पुसमा शपथ लिने


378
Shares

सुर्खेत । सुदूरपश्चिम प्रदेशमा आगामी १५ गते नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले शपथ लिने भएका छन् । प्रदेश प्रमुख देवराज जोशी र प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीबिच १५ गते पद तथा गोपनीयताको शपथ ग्रहण गराउने र १८ गते पहिलो अधिवेशन सुरु गर्ने विषयमा छलफल भएको छ ।

सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख जोशीले ज्येष्ठ सदस्यका हैसियतमा मानबहादुर रावललाई शपथ गराउने भएका छन् ।
नेपाली काग्रेसका रावल अछाम २९२० बाट निर्वाचित भएका थिए । १५ गते प्रदेश प्रमुख जोशीले सबैभन्दा पहिले रावललाई शपथ गराउने र त्यसपछि रावलले अन्य ५२ जना प्रदेश सभा सदस्यहरूलाई शपथ गराउने भएका छन् ।

अहिले सबैजसो प्रदेशसभा सदस्य काठमाडौं रहेको हुँदा शपथ ग्रहणको मिति परक पर्न सक्नेसमेत प्रदेश प्रमुख कार्यालयले जनाएको छ । तर, अहिलेसम्म १५ गते शपथ गराएर १८ गते संसद् सुरु गर्ने विषयमा सहमति भइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्