Logo
Logo

‘गठबन्धनका सबै दलको सम्मान हुनेगरी सरकार बन्छ’


3.2k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनमा अब बिलम्ब नहुने बताएका छन् । बिहीबार बालुवाटारमा नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महेन्द्रराय यादवसँगको भेटवार्तामा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

फाइल फोटो

प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनमा रहेका सबै दलको सम्मान हुनेगरी सरकार निर्माण हुने समेत बताए । उनले भने, ‘गठबन्धनभित्रका सबै दलको सम्मान हुनेगरी सरकार बन्छ । नयाँ सरकार गठनमा अब ढिलाइ हुँदैन ।’

सोक्रममा भट्टराई र यादवले प्रधानमन्त्री देउवालाई नयाँ संसदबाट नागरिकताको विषय टुंग्याउनुपर्ने र अब गठन हुने सरकारले जनतालाई सुशासनको अनुभूति दिलाउनुपर्ने सुझाव दिइएको बताइएको छ । भेटमा प्रधानमन्त्री देउवाले शक्ति बाँडफाँटका विषयमा शुक्रबारदेखि गठबन्धनमा छलफल हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्