Logo
Logo

मधेशको मुख्यमन्त्रीमा जनमत पार्टीको दाबी


3k
Shares

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्रीमा दावी गरेको छ ।

सांसदको शपथ खान संघीय संसद भवन पुगेका पार्टी अध्यक्ष राउतले मधेस प्रदेशको मुख्यमन्त्री आफुले पाउनुपर्ने बताएका हुन् । उनले भने, ‘मधेश प्रदेशको मुख्यमन्त्री पाउनुपर्छ । हामी सरकारमा जान तयार छौं ।’

उनले आफ्नो पार्टी सरकार, सदन र सडक तीनवटै मोर्चामा रहेर संघर्ष गर्ने समेत बताए । प्रतिनिधिसभामा १ सिट जितेको जनमत पार्टीले यसअघि नै सरकारमा जाने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्