Logo
Logo

प्रतिनिधिसभाका सदस्यहरुले लिए पद तथा गोपनीयताको शपथ


1.4k
Shares

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

सभामुख चयन भइनसकेकाले प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशम्शेर जबराबाट आज पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि जेष्ठ सदस्य जवराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए ।

ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्