Logo
Logo

बालुवाटारमा प्रचण्ड, प्रधानमन्त्रीबारे छिनोफानो छलफल


16.4k
Shares

फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमान्त्री निवास बालुवाटार पुगेका छन् ।

सिंहदरबारमा सम्पन्न संसदीय दलको बैठकबाट दलको नेता चयन भएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

बालुवाटार भेटमा प्रचण्डले देउवासँग आफूलाई प्रधानमन्त्रीका लागि समर्थन गर्न आग्रह गर्ने बुझिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा धेरै दलको समर्थन लिएर प्रधानमन्त्री दाबी गर्न आह्वान गरिसकेका छन् । दलहरुले पुस १० गतेभित्र प्रधानमन्त्री दाबी गर्नुपर्ने छ ।

राष्ट्रपतिको आह्वानसँगै दलहरुले संसदीय दलको नेता चयन गरिसकेका छन् । सँगै, प्रधानमन्त्री दाबीका लागि बाटो खुलेको छ ।
सत्तारुढ गठबन्धनले सरकार गठन गर्ने सन्दर्भमा देउवा र प्रचण्ड दुवै प्रधानमन्त्रीका दाबेदार हुन् ।

देउवा–प्रचण्डबीच आलोपालोका आधारमा प्रधानमन्त्री बन्ने कुरा मिले पनि पहिलो कार्यकालमा को प्रधानमन्त्री बन्ने भन्ने विवाद रहेको छ ।

देउवासँगको आजको छलफलमा प्रचण्डले प्रधानमन्त्रीको पहिलो कार्यकालका लागि आफूलाई सहयोग गर्न आग्रह गर्ने बुझिएको छ ।

वर्तमान सत्ता गठबन्धनले निरन्तरता पाउने या नपाउने विषय देउवा–प्रचण्डबीच हुने सहमतिमा निर्भर हुने छ । उनीहरुबीच पावर सेयरिङमा कुरा नमिले अर्को कोणबाट सरकार गठनको प्रकृया अघि बढ्ने सम्भावना समेत रहेका छ ।

प्रतिक्रिया दिनुहोस्