Logo
Logo

चालेन्द्रविरुद्धको महाअभियोग आगामी संसदमा छलफल हुन्छ : गगन थापा


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग आगामी संसदमा छलफल हुने बताएका छन् ।

बिहीवार संघीय संसद सचिवालयमा प्रतिनिधि सभा सदस्यको शपथग्रहण गरेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् । उनले भने, ‘पूर्वप्रधानन्यायाधीश जबराको महाअभियोगको विषयले निरन्तरता पाउँछ भन्ने नै छ । हाम्रो आफ्नो राजनीतिक पोजिशन भएपछि सुविधा अनुसार त्यसको व्याख्या गर्न पाइएन । हाम्रो पोजिशन यसले निरन्तरता पाउँछ भन्ने नै रह्यो । जुन जुन दलले यसले निरन्तरता पाउँछ भन्ने पोजिशन राखेका छन्, त्यो दलहरुले यो संसदमा आइसकेपछि त्यो विषय अघि बढाउनैपर्छ ।’

महामन्त्री थापाले पहिलाको संसदले विचाराधीन राखेको पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोबारे अब फरक मत राख्न नमिल्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्